हाम्रो अभियान बारे छोटकरीमा

हाम्रो राष्ट्रको उज्ज्वल भविष्यका लागि भ्रष्टाचारविरुद्धको लडाइँमा हामीसँग एकताबद्ध भएर सहभागी बनौँ।

हिलिङ नेपाल एक गैर-नाफामूलक, नागरिक-केन्द्रित संस्था हो जसले नेपालको सामाजिक, आर्थिक र राजनीतिक स्वास्थ्यलाई मजबुत बनाउने लक्ष्य राखेको। हामीले देशमा व्याप्त समस्याहरूलाई सम्बोधन गर्दै एक स्वच्छ, न्यायपूर्ण र समृद्ध समाज निर्माणमा योगदान दिने भरमग्दुर प्रयाश गर्ने छौं। वर्षौंदेखि जकडिएर बसेका भ्रष्टाचार, दण्डहीनता र अधिकार उल्लङ्घनका जरा उखेल्न हामी प्रतिबद्ध छौं। यो संस्था नागरिकहरूको सक्रिय सहभागितामा आधारित छ, जसले सत्ता र बजारमा पारदर्शिता ल्याउने प्रयास गर्नेछ। हाम्रो स्थापना नेपालको वर्तमान चुनौतीहरूलाई सामना गर्न र भविष्यका पुस्तालाई राम्रो देश हस्तान्तरण गर्नका लागि भएको हो। हाम्रो मुख्य उद्देश्य नेपालमा प्रणालीगत भ्रष्टाचारका घटनाहरूलाई तथ्य र प्रमाणलाई बाहिर ल्याई दण्डहिनताको अवस्था हुन नदीने प्रयाश गर्नु हो। विशेष गरी सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितताहरूको खुलासा गर्दै दण्डहीनताको अवस्थामा सुधार ल्याउन हामी क्रियाशील हुनेछौं। भ्रष्टाचारले देशको विकासलाई बाधा पुर्‍याइरहेको छ, जसले गर्दा जनताको जीवनस्तर प्रभावित भएको छ। हामीले विभिन्न अध्ययन र अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई आधार बनाएर नीति-निर्माताहरूलाई दबाब दिनेछौ। यसका लागि हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्नेछौं। त्यसैगरी, हामी नागरिकहरूको स्वतन्त्रता, उपभोक्ता अधिकार, मानव अधिकार र मौलिक हकहरूको पैरवी समेत गर्नेछौ। नेपालको संविधानले प्रदान गरेका अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जोड दिँदै हामी बहस, प्रशिक्षण र जागरण कार्यक्रमहरू सञ्चालन गर्छौं। उपभोक्ताहरूलाई धोका दिने बजारको अभ्यासहरूविरुद्ध आवाज उठाउँदै न्यायपूर्ण बजार व्यवस्था कायम गर्न हामी प्रयासरत छौं। मानव अधिकार उल्लङ्घनका घटनाहरूमा शोध र खोज अनुसन्धान गर्दै हामी पीडितहरूलाई सहयोग प्रदान गर्छौं। यी विषयहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसँगको सहकार्यले हाम्रा प्रयासहरूलाई थप प्रभावकारी बनाएको छ। हिलिङ नेपाल एक नागरिक पहरेदारको रूपमा क्रियाशील छ, जसले देश र जनताको स्वास्थ्यमा मलम-पट्टी लगाउने काम गर्दछ। वर्षौंदेखि जकडिएर बसेका समस्याहरू जस्तै भ्रष्टाचार, अधिकार हनन र सामाजिक विशङ्गती बिरूद्द सम्बोधन गर्दै हामी सत्तामा इमानदारी, बजारमा न्याय र सभ्य नागरिक भएको सशक्त नेपाल निर्माणमा निरन्तर लागि पर्नेछौं। हाम्रा गतिविधिहरूमा शोध, अनुसन्धान, बहस, पैरवी, प्रशिक्षण र सहकार्य समावेश हुनेछन्। हामीले विभिन्न परियोजनाहरूमार्फत स्थानीय समुदायहरूसँग जोडिएर काम गर्ने छौं, र हजारौं प्रभावित ब्यक्ति समक्ष पुग्ने प्रयाश गर्ने छौं। राष्ट्र र जनप्रेमी भावनाले एकजुट भएर मात्र नेपाल देशलाई फेरी तङ्ग्रयाउन सकिन्छ भन्नेमा हाम्रो विश्वास अटल छ। यसका लागि हामी सबै नागरिकहरूलाई सहभागी हुन आह्वान गर्छौं। हिलिङ नेपालको यात्रा निरन्तर छ, र हामीले देखेको सपनाको स्वस्थ नेपाल निर्माणमा तपाईंको साथ अपरिहार्य छ। हामीसँग जोडिनुहोस्, परिवर्तनको हिस्सा बन्नुहोस्।

भ्रष्टाचार र अनियमितताको उन्मूलन

नागरिक सर्वोच्चताको प्रवर्द्धन

सामाजिक बिसंगति र बिकृतिको नियन्त्रण

उपभोक्ता अधिकारको संरक्षण

सामुदायिक सशक्तीकरण

सूचनाको हकको प्रवर्द्धन

न्याय र समानताको प्रवर्द्धन

सुशासन र जवाफदेहिताको प्रवर्द्धन

सामाजिक समस्याहरूको अध्ययन, अनुसन्धान, र तथ्यमा आधारित नीति सुझावहरू तयार गरी सरकार र सम्बन्धित निकायहरूलाई प्रदान गर्ने।

हिलिंग नेपाल कसरी यहाँसम्म आयौं!

स्थानीय तह निर्वाचनमा यस संस्थाका संस्थापक अध्यक्ष ले राजनीतिक दलको सिण्डिकेटबाहिरबाट स्वतन्त्र उम्मेदवारी दिँदै “हिलिङ काठमाण्डौ” को नारा बोकेर काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए। यो उम्मेदवारीले राजनीतिक दलहरूको एकाधिकार अवधारणालाई प्रत्यक्ष चुनौती दियो र स्वतन्त्र उम्मेदवारको सम्भावनालाई प्रमाणित गर्दै बालेन्द्र साह ३ दशक को लोकतान्त्रीक बहुदलिए नेपालको राजधानीमा पहीलो पटक स्वतन्त्र भई भारी मतले विजयी भए। संस्थापक अध्यक्षको ब्यक्तिगत हार भएता पनी कार्यकारी पद राजनितीक छिनाझप्टीबाट टाढा रहनु पर्छ भन्ने मान्यताले नागरीक को मन जितेका कारण तथा विगतका दशक देखी नागरीक समाज भनिने स्वार्थ समुहको जालमा फसेर नागरीकका मुद्दामा रचनात्मक हैन चयनात्मक हुदै गएकाले प्रभावहिन हुदै जानु नै यो संस्थाको जन्मको प्रेरणा बन्यो र प्रगतिपथमा योगदान गर्न नागरीक संगको पारदर्शी अन्तरकृयाको चौतारी हुनै पर्ने रहेछ भन्ने सोच को विकास भएको देखीन्छ। “हिलिङ काठमाण्डौ” को अबधारणा लाई अझ देशब्यापी बनाउन “हिलीङ नेपाल” नाफारहित सामाजिक संस्थाको रूपमा विधिवत दर्ता गरियो र सामाज कल्याण परिषद् बाट अनुमोदित भयो। सुरुआती उद्देश्य सामाज कल्याण केन्द्रित थियो – विशेषगरी स्वास्थ्य क्षेत्रमा मधुमेह पहिचान र रोकथामका लागि विभिन्न स्थानीय क्लब, लायन्स, लियो, रोटरी तथा अन्य संघसंस्थासँग सहकार्य गर्दै कर्मचारी तथा सर्वसाधारणको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरियो। यो चरणमा संस्था मुख्यतः काठमाण्डौकेन्द्रित र जन-स्वास्थ्य संग संबन्धित सामाजिक सेवामा सीमित थियो। संस्था क्रमशः स्वास्थ्यबाहेक अन्य सामाजिक काममा विस्तार हुँदै गयो। मधुमेह जाँचजस्ता कार्यक्रमहरू निरन्तर चलिरहे, तर संस्थाले आफ्नो दायरा बढाउँदै नागरिक हकहित र सामाजिक न्यायका मुद्दामा ध्यान दिन थाल्यो। यो अवधिमा संस्था स्थानीय स्तरमा परिचित र सक्रिय बन्दै गयो, तर अझै राष्ट्रिय उपस्थिति सीमित थियो। संस्थाले आफ्नो उद्देश्यलाई उल्लेखनीय रूपमा विस्तार गर्दै भ्रष्टाचारविरुद्ध पैरवी र अनुसन्धान, नागरिक हकहितको संरक्षण तथा समाजिक पहरेदारको भूमिका थप्यो। यो संस्था व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रप्रेमी नेपालीहरूको सामूहिक योगदानमा सञ्चालित हुने र राष्ट्रिय स्तरमा उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ। यो परिवर्तनले संस्थालाई शुद्ध सामाजिक सेवाबाट सक्रिय नागरिक आन्दोलन र सुशासनको पैरवी गर्ने शक्तिशाली प्लेटफर्ममा रूपान्तरण गरेको छ। हिलिङ काठमाण्डौ को एक स्थानिय चुनावी नाराबाट सुरु भएर क्रमशः स्वास्थ्य-सामाजिक संस्था हुँदै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सक्रिय एक नागरिक प्लेटफर्म बनेको छ। यसको विकासले नेपालमा हुर्कदै गएको भ्रष्टाचार को विष बृक्षको झाङ्गीदो र नागरीक को संबिधान प्रदत्त अधिकारमाथी को आततायी हमला बिरूद्द र दलीय प्रभुत्व का कारण बढ्दो दणडहिनता को बिपक्षमा नागरिक शक्तिको सम्भावनालाई प्रतिबिम्बित गर्छ र अब राष्ट्रिय स्तरमा विस्तारको चरणमा पुगेको छ।

२०७९ (२०२२)
विगतका दशक देखी नागरीक समाज भनिने स्वार्थ समुहको जालमा फसेर नागरीकका मुद्दामा रचनात्मक हैन चयनात्मक हुदै गएकाले प्रभावहिन हुदै जानु नै यो संस्थाको जन्मको प्रेरणा बन्यो।
२०८२ पौष (हालको स्थिति, जनवरी २०२६)
यो संस्था व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रप्रेमी नेपालीहरूको सामूहिक योगदानमा सञ्चालित हुने र राष्ट्रिय स्तरमा उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ।
२०७९ पछि (निर्वाचन तुरुन्तपछि)
“हिलिङ काठमाण्डौ” को अबधारणा लाई अझ देशब्यापी बनाउन “हिलीङ नेपाल” नाफारहित सामाजिक संस्थाको रूपमा विधिवत दर्ता गरियो र सामाज कल्याण परिषद् बाट अनुमोदित भयो।
निरन्तरता...
हिलिङ काठमाण्डौ को एक स्थानिय चुनावी नाराबाट सुरु भएर क्रमशः स्वास्थ्य-सामाजिक संस्था हुँदै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सक्रिय एक नागरिक प्लेटफर्म बनेको छ।
२०८०–२०८२ (विकास चरण)
संस्थाले आफ्नो दायरा बढाउँदै नागरिक हकहित र सामाजिक न्यायका मुद्दामा ध्यान दिन थाल्यो।
निरन्तरता...
लोकतान्त्रिक मूल्य, नागरिक सर्वोच्चता र कानुनी शासनको सम्मानलाई प्रोत्साहन गर्न जनचेतना, शिक्षा र नीतिगत सुधारमा योगदान दिने कार्यहरु गर्ने गराउने ।

Creating A Country For Every Citizen: हरेक नागरिकका लागि राष्ट्र निर्माण

करोड नेपाली खुशी होस्

करोड नेपाली स्वयंसेवक

करोड नेपालीको साझा

करोड नेपालीको मिसन

करोड नेपालीले गर्नैपर्ने

हिलिंग नेपालका सहयोगी टिम

हिलिंग नेपाल कुनै निश्चित समुहको होइन, यो सबैको साझा हो। हामी त ३ करोड नेपालीको लागि अहिले सम्हाल्दै आईरहेका केवल प्रतिनिधिहरु हौँ।

सहयोग गर्नुहोस

भ्रष्टाचारको अन्त्य गरौँ, न्यायको सुरुवात गरौँ, सदाचार अपनाऔँ, नेपाललाई बचाऔँ!