हाम्रो अभियान बारे छोटकरीमा

हाम्रो राष्ट्रको उज्ज्वल भविष्यका लागि भ्रष्टाचारविरुद्धको लडाइँमा हामीसँग एकताबद्ध भएर सहभागी बनौँ।

हिलिङ नेपाल एक गैर-नाफामूलक, नागरिक-केन्द्रित संस्था हो जसले नेपालको सामाजिक, आर्थिक र राजनीतिक स्वास्थ्यलाई मजबुत बनाउने लक्ष्य राखेको। हामीले देशमा व्याप्त समस्याहरूलाई सम्बोधन गर्दै एक स्वच्छ, न्यायपूर्ण र समृद्ध समाज निर्माणमा योगदान दिने भरमग्दुर प्रयाश गर्ने छौं। वर्षौंदेखि जकडिएर बसेका भ्रष्टाचार, दण्डहीनता र अधिकार उल्लङ्घनका जरा उखेल्न हामी प्रतिबद्ध छौं। यो संस्था नागरिकहरूको सक्रिय सहभागितामा आधारित छ, जसले सत्ता र बजारमा पारदर्शिता ल्याउने प्रयास गर्नेछ। हाम्रो स्थापना नेपालको वर्तमान चुनौतीहरूलाई सामना गर्न र भविष्यका पुस्तालाई राम्रो देश हस्तान्तरण गर्नका लागि भएको हो। हाम्रो मुख्य उद्देश्य नेपालमा प्रणालीगत भ्रष्टाचारका घटनाहरूलाई तथ्य र प्रमाणलाई बाहिर ल्याई दण्डहिनताको अवस्था हुन नदीने प्रयाश गर्नु हो। विशेष गरी सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितताहरूको खुलासा गर्दै दण्डहीनताको अवस्थामा सुधार ल्याउन हामी क्रियाशील हुनेछौं। भ्रष्टाचारले देशको विकासलाई बाधा पुर्‍याइरहेको छ, जसले गर्दा जनताको जीवनस्तर प्रभावित भएको छ। हामीले विभिन्न अध्ययन र अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई आधार बनाएर नीति-निर्माताहरूलाई दबाब दिनेछौ। यसका लागि हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्नेछौं। त्यसैगरी, हामी नागरिकहरूको स्वतन्त्रता, उपभोक्ता अधिकार, मानव अधिकार र मौलिक हकहरूको पैरवी समेत गर्नेछौ। नेपालको संविधानले प्रदान गरेका अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जोड दिँदै हामी बहस, प्रशिक्षण र जागरण कार्यक्रमहरू सञ्चालन गर्छौं। उपभोक्ताहरूलाई धोका दिने बजारको अभ्यासहरूविरुद्ध आवाज उठाउँदै न्यायपूर्ण बजार व्यवस्था कायम गर्न हामी प्रयासरत छौं। मानव अधिकार उल्लङ्घनका घटनाहरूमा शोध र खोज अनुसन्धान गर्दै हामी पीडितहरूलाई सहयोग प्रदान गर्छौं। यी विषयहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसँगको सहकार्यले हाम्रा प्रयासहरूलाई थप प्रभावकारी बनाएको छ। हिलिङ नेपाल एक नागरिक पहरेदारको रूपमा क्रियाशील छ, जसले देश र जनताको स्वास्थ्यमा मलम-पट्टी लगाउने काम गर्दछ। वर्षौंदेखि जकडिएर बसेका समस्याहरू जस्तै भ्रष्टाचार, अधिकार हनन र सामाजिक विशङ्गती बिरूद्द सम्बोधन गर्दै हामी सत्तामा इमानदारी, बजारमा न्याय र सभ्य नागरिक भएको सशक्त नेपाल निर्माणमा निरन्तर लागि पर्नेछौं। हाम्रा गतिविधिहरूमा शोध, अनुसन्धान, बहस, पैरवी, प्रशिक्षण र सहकार्य समावेश हुनेछन्। हामीले विभिन्न परियोजनाहरूमार्फत स्थानीय समुदायहरूसँग जोडिएर काम गर्ने छौं, र हजारौं प्रभावित ब्यक्ति समक्ष पुग्ने प्रयाश गर्ने छौं। राष्ट्र र जनप्रेमी भावनाले एकजुट भएर मात्र नेपाल देशलाई फेरी तङ्ग्रयाउन सकिन्छ भन्नेमा हाम्रो विश्वास अटल छ। यसका लागि हामी सबै नागरिकहरूलाई सहभागी हुन आह्वान गर्छौं। हिलिङ नेपालको यात्रा निरन्तर छ, र हामीले देखेको सपनाको स्वस्थ नेपाल निर्माणमा तपाईंको साथ अपरिहार्य छ। हामीसँग जोडिनुहोस्, परिवर्तनको हिस्सा बन्नुहोस्।

भ्रष्टाचार र अनियमितताको उन्मूलन

नागरिक सर्वोच्चताको प्रवर्द्धन

सामाजिक बिसंगति र बिकृतिको नियन्त्रण

उपभोक्ता अधिकारको संरक्षण

सामुदायिक सशक्तीकरण

सूचनाको हकको प्रवर्द्धन

न्याय र समानताको प्रवर्द्धन

सुशासन र जवाफदेहिताको प्रवर्द्धन

सामाजिक समस्याहरूको अध्ययन, अनुसन्धान, र तथ्यमा आधारित नीति सुझावहरू तयार गरी सरकार र सम्बन्धित निकायहरूलाई प्रदान गर्ने।

हाम्रो सोच

हामी सबै मिलेर अझ शक्तिशाली छौँ।

सक्रिय बनौँ

किनभने परिवर्तन तपाईंबाटै सुरु हुन्छ। हामी सँगै आशालाई कर्ममा रूपान्तरण गरी हाम्रो राष्ट्रको उज्ज्वल, भ्रष्‍टाचारमुक्त भविष्य निर्माण गर्न सक्छौं।

हामी निरन्तर बढिरहेका छौं

प्रत्येक चुनौतीसँग अझ सशक्त बन्दै, उद्देश्य, एकता र उज्ज्वल भोलिको अटल दृष्टिले अघि बढ्दै।

हामी सामाजिक उद्देश्यहरूको पक्षमा छौं

इमानदारी हाम्रो हतियार हो, न्याय हाम्रो लक्ष्य। हामी भ्रष्टाचारसँग लड्न र प्रत्येक नागरिकको मर्यादा जोगाउन चिन्ता गर्छौं।

हामी भ्रष्टाचारको अन्त्य गर्छौं

हाम्रो वाचा सरल छ: हामी भ्रष्टाचार रोक्नेछौं र इमानदारी, विश्वास र मर्यादाले भरिएको राष्ट्र पुनर्निर्माण गर्नेछौं।

आगामी कार्यक्रमहरू

(भ्रष्टाचार विरुद्ध Healing Nepal का अभियानहरू)

राष्ट्रिय जनचेतना अभियान

नागरिकमा भ्रष्टाचारका असरबारे चेतना फैलाउन, दैनिक जीवनमा इमानदार व्यवहार प्रवर्द्धन गर्ने, लक्षित समूह: सर्वसाधारण नागरिक, युवा, विद्यार्थी

भ्रष्टाचारको जरो मौनता हो—अब बोलौँ। Healing Nepal (स्वस्थ नेपाल) सँगै जनचेतना, तालिम र सुशासन पैरवीमार्फत परिवर्तन ल्याउँदैछ। आजै स्वयंसेवक बन्नुहोस् वा अभियानलाई सहयोग गर्नुहोस्।

राष्ट्रिय जनचेतना अभियान

“भ्रष्टाचार होइन, इमानदारी रोजौँ”

युवा नेतृत्व तथा नैतिकता तालिम

“Integrity Begins With Youth”: युवामा नैतिक नेतृत्व विकास, भ्रष्टाचार विरुद्ध आवाज उठाउने क्षमता अभिवृद्धि

Creating A Country For Every Citizen: हरेक नागरिकका लागि राष्ट्र निर्माण

करोड नेपाली खुशी होस्

करोड नेपाली स्वयंसेवक

करोड नेपालीको साझा

करोड नेपालीको मिसन

करोड नेपालीले गर्नैपर्ने

हिलिंग नेपालका सहयोगी टिम

हिलिंग नेपाल कुनै निश्चित समुहको होइन, यो सबैको साझा हो। हामी त ३ करोड नेपालीको लागि अहिले सम्हाल्दै आईरहेका केवल प्रतिनिधिहरु हौँ।

सहयोग गर्नुहोस

भ्रष्टाचारको अन्त्य गरौँ, न्यायको सुरुवात गरौँ, सदाचार अपनाऔँ, नेपाललाई बचाऔँ!